बुधबार, वैशाख १०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • किसानलाई वर्षाले पारेको समस्याप्रति कांग्रेस नेता साउँदको ध्यानाकर्षण

किसानलाई वर्षाले पारेको समस्याप्रति कांग्रेस नेता साउँदको ध्यानाकर्षण

नेपाली कांग्रेसका नेता एनपी साउँदले तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले ठूलो धनजनको क्षति गरेको उल्लेख गर्दै उद्धार र राहतमा खटिन ध्यानाकर्षण गराएका छन्।
 |  मंगलबार, कात्तिक २, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउँदले तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले ठूलो धनजनको क्षति गरेको उल्लेख गर्दै उद्धार र राहतमा खटिन ध्यानाकर्षण गराएका छन्।

triton college

गृह जिल्ला कञ्चनपुर रहेका नेता साउँदले सुदूरपश्चिम र देशभरि भएको अविरल बेमौसमी वर्षाका कारण गम्भीर रुपमा धनजनको क्षति भएको उल्लेख गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत महाकाली नदी र अन्य  प्रमुख नदीहरुको जलस्तर खतराभन्दा माथि पुगेको उल्लेख गर्दै उनले सरकार, प्रशासन र अन्य सम्बन्धित निकायमा उद्धार, राहत, क्षतिपूर्ति र पुनर्निर्माणका लागि ध्यानाकर्षण गराएका छन्।

महाकाली पारीको दोधारा चाँदनीमा बाढीको थप जोखिम बढेकोसमेत उनले जनाएका छन्। किसानले प्रमुख अन्नबाली धान भित्र्याउने बेला भएको यो संकटले अन्य अन्नबालीमा पनि क्षति पुग्न गएको र निरन्तरको वर्षाले बाढीको थप जोखिम सिर्जना गरेको उनले जनाएका छन्।

अहिले महाकाली नदीले सतर्कता तह पार गरिसकेको छ।

प्रकाशित: Oct 19, 2021| 10:12 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।