बिहीबार, वैशाख २७, २०८१

अब्बल बन्ने अभ्यासमा प्रदेश अस्पताल

चिटिक्क परेको भौतिक पूर्वाधार र दक्ष जनशक्तिबाट अस्पतालले सेवा प्रवाह गर्न थालेको छ। पर्याप्त स्रोत साधानको सदुपयोग गर्दै बिरामीको उपचारलाई सहज बनाउने प्रयास थालिएको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

देव राना

देव राना

मंगलबार, कात्तिक २, २०७८

सुर्खेत– कुनै बेला कर्णाली प्रदेश अस्पतालले दिने सेवाको अवस्था निकै नाजुक थियो। पूर्वाधार र जनशक्तिको चरम अभाव थियो। एनआईसीयू, आईसीयू र भेन्टिलेटर जस्ता अत्यावश्यक उपकरण नै थिएनन्। गम्भीर बिरामीले उपचार नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्था थियो।

triton college

उपचार गर्न सक्नेहरु नेपालगञ्ज र काठमाडौँ कुद्थे। विपन्न नागरिक रोग बोकेरै घर फर्कनुपर्ने बाध्यता थियो। तर पछिल्लो चार वर्षमा भने अस्पताललाई अब्बल बनाउने प्रयास गरिएको छ।

चिटिक्क परेको भौतिक पूर्वाधार र दक्ष जनशक्तिबाट अस्पतालले सेवा प्रवाह गर्न थालेको छ। पर्याप्त स्रोत साधानको सदुपयोग गर्दै बिरामीको उपचारलाई सहज बनाउने प्रयास थालिएको छ।

हालै न्यूरो सर्जरी सेवाको सुरुवात गरेको अस्पतालले दिमागमा पानी जमेको, रगत जमेको, घाँटी र मेरुदण्डको जटिल मानिने शल्यक्रिया पनि सुरु गरेको छ। यसबाट अब जटिल उपचार कर्णालीमै सम्भव छ भन्ने सन्देश अस्पतालले दिएको छ।

अस्पतालका न्यूरो सर्जन डा. निलम खड्काले हालसम्म टाउको, घाँटी र मेरुदण्डको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको बताए। उनले भने, ‘यो सेवा सुरु भएको धेरै भएको छैन, तर हामीले जटिल खालका शल्यक्रिया पनि गरेका छौं। कर्णालीका लागि यो उपचार नयाँ हो, अब यस्ता रोगको उपचारका लागि बाहिर जानु पदैन।’ अब कर्णालीमै जटिल शल्यक्रिया सम्भव भएको उनको भनाइ छ।

corrent noodles
Metro Mart

यस्तै बिरामीको मन जित्न अस्पतालले सोमबारदेखि विहान पनि विशेषज्ञ सेवा सुरु गरेको छ। शनिबार बाहेक हरेक दिन विहान ७ बजेदेखि ९ बजेसम्म सेवा दिन सुरु गरेको हो। विहानी सेवामा पनि बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, छाला, सौन्दर्य तथा यौन रोग, मानसिक रोगहरुको विशेषज्ञ सेवा पाउन सकिन्छ।

यद्यपि बिहानी सेवा शुल्क भने नियमित शुल्कभन्दा १६ गुणा बढीे छ। बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवाको शुल्क चार सय रुपैयाँ तोकिएको छ। नियमित समय बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको शुल्क २५ रुपैयाँ छ। बिरामीलाई सहज र सरल सेवा पुर्याउने उद्देश्यले अतिरिक्त समयमा विहान पनि विशेषज्ञ सेवा सञ्चालन गरेको अस्पताल निर्देशक डा. डम्बर खड्काले जानकारी दिए।

हरेक बेडमा पाइपबाट अक्सिजन

कुनैबेला यो अस्पतालमा बिरामीले सहज रुपमा अक्सिजन नै नपाउने समस्या थियो। त्यसमा पनि कारोना महामारीको बेलामा संक्रमितले अक्सिजनका लागि हानाथाप नै गरे। तर अब भने अस्पतालले अक्सिजनको सहज व्यवस्थापन सुरु गरेको छ। अस्पतालले आफ्नै लगानी र दाताको सहयोगमा अक्सिजन प्लान्टहरु थप गरेर उत्पादनको तयारी थालेको छ।

जसअनुसार हाल केही बेडमा पाइपलाइनबाटै अक्सिजन आपूर्ति भइरहेको भन्दै अस्पतालले चाँडै सबै बेडमा अक्सिजन सहज रुपमा उपलब्ध हुने जनाएको छ। निर्देशक खड्काले भने, ‘हामी थप प्लान्ट संचालनको तयारीमा छौं, अब बिरामीले अक्सिजनको सिलिण्डर खोज्नुपर्ने अवस्था आउने छैन। हामी तिहारअघि नै पाइपलाइनबाटै हरेक बेडमा अक्सिजन आपूर्ति हुने व्यवस्था गर्दैछौं।’

यस्तै विशेषज्ञ सेवा थप्ने क्रममा प्रदेश अस्पतालले आँखा सम्बन्धि उपचार सेवा पनि सुरु गर्ने तयारी गरेको छ। आँखा सम्बन्धि उपचारका लागि विशेषज्ञ चिकित्सक उपलब्ध भइसकेको अस्पतालले जनाएको छ। यसका लागि आवश्यक पर्ने उपकरण खरिद प्रक्रियामा रहेको र चाँडै सेवा सुरु हुने निर्देशक खड्काले बताए। अहिले जटिल खालका रोगको उपचार सुर्खेतमै सम्भव भएको भन्दै उनले अब बिरामीलाई ठूलो रकम खर्च गरेर उपचारका लागि नेपालगंज र काठमाडौं जानुपर्ने अवस्था नरहेको दाबी गरे।

२०३० सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको प्रदेश अस्पतालमा हाल विशेषज्ञ चिकित्सकसहित तीन सय ६८ जना जनशक्ति कार्यरत छन्। गम्भीर बिरामीको उपचारका लागि अत्याधुनिक सेवा मानिने ३५ बेड आईसीयू र आठ बेड भेन्टिलेटर छन्। २०६२ साल फागुन ७ गते तत्कालीन क्षेत्रीय अस्पतालको रुपमा स्तरोन्नति भएको अस्पताल २०७५ साल कात्तिक १३ गते अस्पताल प्रदेश सरकार मातहतमा आएको हो।

अनलाइनबाटै ओपीडी टिकट

सेवासुविधा विस्तार भएपछि अहिले अस्पतालमा बिरामीको चाप पनि बढेको छ। बिरामीको चाप बढेका कारण चेकजाँचका लागि ओपीडी टिकट लिन पालो कुर्नपर्ने अवस्था छ। यही समस्यालाई मध्यनजर गर्दै अब अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्न लागेको छ। यसले बिरामीलाई लाइन लाग्नुपर्ने बाध्यताबाट छुटकारा मिल्ने अस्पतालको दाबी छ।

यस्तै अस्पतालले हटलाइन सेवा पनि सुरु गरेको छ। बिरामी र तिनका आफन्तले अब अस्पतालमा सिधै ९८५८०५७७५५ र ९८५८०४५७५५ मा फोन गरेर सेवा लिन वा गुनासो राख्न सक्नेछन्। आकस्मिक कक्षमा उपचार गराइरहेका बिरामीका लागि २४ सै घण्टा ल्याव, विलिङ र औषधि सेवा पनि सुरु गरेको छ।

साथै अस्पतालले अब आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका बिरामीका लागि निःशुल्क खानाको व्यवस्थापन गर्ने योजना बनाएको छ। यसका लागि दातासँग छलफल गर्न लागिएको अस्पतालको भनाइ छ।

प्रकाशित: Oct 19, 2021| 07:30 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।