शुक्रबार, भदौ ५, २०८३

विधानलाई अन्तिम रुप दियो एमालेले [पूर्णपाठसहित]

नेकपा एमालेले विधान महाधिवेशनमा प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं– नेकपा एमालेले विधान महाधिवेशनमा प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ। असोज १५ देखि १७ गतेसम्म ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिइएको हो। विधानलाई सोमबार प्रकाशनमा पठाइएको छ। 

अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल तथा विधान मस्यौदा समितिका संयोजक एवं एमाले उपमहासचिव विष्णु पौडेलले विधानलाई अन्तिम रुप दिएका हुन्।

पार्टीको केन्द्रीय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् रहनेछन्। यस्तै केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् एमालेका केन्द्रीय निकाय हुन्। पार्टीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष चार र महासचिव एक जना हुने व्यवस्था गरिएको छ।

यस्तै नयाँ विधानअनुसार एक उपमहासचिव हुनेछन् भने सात जना सदस्य हुनेछन्। केन्द्रीय कमिटीको संख्या २२५ सदस्यीय हुनेछ।

पारित विधानअनुसार एमालेको सांगठनिक ढाँचामा प्रदेश कमिटी, प्रदेश अधिवेशन प्रतिनिधि परिषद्, जिल्ला कमिटी, जिल्ला अधिवेशन प्रतिनिधि परिषद् रहेका छन्। यस्तै पालिका÷इलाका कमिटी, पालिका/इलाका प्रतिनिधि परिषद्, वडा/शाखा कमिटी, वडा/ शाखा अधिवेशन प्रतिनिधि परिषद्, टोल/प्रारम्भिक कमिटी र टोल/प्रारम्भिक अधिवेशन प्रतिनिधि परिषद् रहने एमाले विधानमा उल्लेख छ।

यस्तो एमालेको पारित विधान


प्रकाशित: Oct 18, 2021| 22:55 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...