आइतबार, जेठ १७, २०८३

प्रदेश १ मा सवारी दुर्घटना : १२ दिनमा १७ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो १२ दिनमा सवारी दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

विराटनगर– प्रदेश १ मा पछिल्लो १२ दिनमा सवारी दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ । असोज २१ देखि सोमबार सम्म तेहृथुम बाहेकका १३ जिल्लामा भएका १५६ वटा सवारी दुर्घटनामा १७ जनाका ज्यान गएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

National life

मृत्यु हुनेमा १६ पुरुष र १ महिला रहेका छन् ।  दुर्घटनामा परि गम्भीर घाइते ५३ र सामान्य घाइेत २ सय ४३ जना रहेका छन् । दशैं सुरु भएको ११ औं दिनसम्म प्रदेशको सबैभन्दा बढी दुर्घटना मोरङमा भएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ । मोरङमा दुर्घटना संख्या बढी देखिए पनि मुत्यु हुनेको संख्या कम रहेको छ ।

५३ वटा दुर्घटना भएको मोरङमा चार जनाको मृत्यु भएको छ । सुनसरीमा ४८ वटा दुर्घटनामा परि ५ जनाले ज्यान गुमाएका छन् । झापामा २३ वटा दुर्घटनामा परि ४ जनाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

उदयपुरमा १४ वटा दुर्घटना भएको छ । संखुवासभामा ७ वटा दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । इलाममा एउटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उदयपुर, धनकुटा, पाँचथर, ताप्लेजुङ, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा भएको दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ । १२ दिनको अवधि भित्रमा तेहृथुममा कुनै दुर्घटना नभएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित: Oct 19, 2021| 07:15 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।