मंगलबार, असार २३, २०८३

टेस्ट क्रिकेटमा इंग्ल्यान्डका चार खेलाडी शून्य रनमै आउट

इंग्ल्यान्डको नटिंघममा जारी इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजअन्तर्गत पहिलो इनिङमा घरेलु टिम १ सय ८३ रनमा अल आउट भएको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- इंग्ल्यान्डको नटिंघममा जारी इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजअन्तर्गत पहिलो इनिङमा घरेलु टिम १ सय ८३ रनमा अल आउट भएको छ।

घरेलु टिमलाई सस्तैमा समेट्न इन्डियाका जसप्रित बुमराह, मोहम्मद शामी, सद्धुल ठाकुर र मोहम्मद शिरजले क्रमशः ४, ३, २ र १ एक विकेट गिराएका थिए।

अर्का अलराउन्डर रविन्द्र जाडेजाले ३.६६ को इकोनोमी दिए पनि विकेट लिन सकेनन्।

इन्डियाको पेचिलो बलिङका बाबजुद इंग्ल्यान्डका कप्तान जोय रुटले १०८ बल खेलेर ६४ रन बनाए भने जोन्नी बेयरिस्टोले २९ रन जोडे। ज्याक क्राउली र सकाम कुरनले समात २७–२७ रन जोड्नुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

ओपनर रोरी बर्नस, डान लरेन्स, जस बटलर र ओली रोविन्सन त शून्य रनमा आउट भएका थिए। इंग्ल्यान्ड ६४ ओभर चार बल मैदानमा टिकेको थियो।

टेस्टको पहिलो दिनमै ब्याटिङ सुरु गरेको इन्डियाले विकेट नगुमाई २१ रन बनाइसकेका छन्। अहिले केएल राहुल र राहित शर्मा ब्याटिङमा छन्। दोस्रो दिनको खेल आज साढे तीनबाट सुरु हुँदैछ।

प्रकाशित: Aug 05, 2021| 08:45 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।