मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तीन लाख यौनकर्मीको रोजीरोटी खोस्दै स्पेनी प्रधानमन्त्री

तीन लाख यौनकर्मीको रोजीरोटी खोस्दै स्पेनी प्रधानमन्त्री

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुलुकमा देहव्यापारालाई छुट नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

मड्रिड– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुलुकमा देहव्यापारालाई छुट नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्। सोसलिस्ट पार्टीको तीन दिने भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले महिलाहरुलाई ‘दास’ बनाउने अभ्यास अन्त्य गरिने बताएका हुन्। 

National life

स्पेनमा सन् १९९५ देखि देहव्यापारलाई छुट दिइएको थियो। संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सन् २०१६ मा मात्रै यौन उद्योगबाट त्यहाँ ४.२ बिलियन अमेरिकी डलर आम्दानी भएको थियो। सन् २००९ मा गरिएको एक सर्वेक्षण अनुसार हरेक तीनजना स्पेनीमध्ये एक जनाले पैसा तिरेर यौन आनन्द लिने गरेको पाइएको थियो। 

संयुक्त राष्ट्रसंघको सन् २०११ को अर्को एक अध्ययन अनुसार स्पेन विश्‍वकै तेस्रो बढी देहव्यापार हुने मुलुकमा पर्छ। पहिलोमा थाइल्यान्ड र दोस्रोमा पिउर्टो रिको पर्छन्।

स्पेनमा अहिले देहव्यापारलाई नियमन नै गरिएको छैन र पैसा तिरेर यौन आनन्द लिनेहरुलाई कुनै सजाय हुँदैन। यद्यपि, सार्वजनिक स्थलमा भने यस्ता क्रियाकलाप गर्न बन्देज लगाइएको छ। 

स्पेनमा अहिले करिब तीन लाख यौनकर्मी महिला रहेको बताइएको छ। सन् २०१९ मा भएको निर्वाचनका समयमा नै प्रधानमन्त्री सान्चेजले देहव्यापार नियन्त्रणका लागि कानुन बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। 

Laxmi sunrise bank
kumari

उनले आफ्नो घोषणापत्रमा लेखेका थिए, ‘महिलाहरुलाई गरिबीको फाइदा उठाउँदै हिंसा गर्ने सबैभन्दा खराब पक्ष नै देहव्यापार हो। यसलाई नियन्त्रण गरिन्छ। 

उनले निर्वाचन जितेको दुई वर्ष बितिसक्दा पनि यससम्बन्धी कुनै विधेयक भने संसद्‌मा पेश गरिएको छैन।

प्रकाशित: Oct 18, 2021| 16:05 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।