बिहीबार, भदौ ४, २०८३

सिन्धु र काभ्रेमा भूकम्पको धक्का

सिन्धुपाल्चोक र काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं- सिन्धुपाल्चोक र काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ। 

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर सोमबार दिउँसो १:४६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ४.३ म्याग्‍निच्युडको भूकम्प गएको हो। 

उक्त भूकम्पको धक्का काभ्रेको पनौती, धुलिखेल, बनेपालगायतका क्षेत्रमा महसुस गरिएको जनाइएको छ। 

भूकम्पबाट भएको कुनै क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन।

विसं २०७२ सालको विनाशकारी भूकम्पपछि देशभरका विभिन्‍न जिल्लाहरुमा परकम्प विभिन्‍न समयमा गइरहेको छ। सोमबारको भूकम्पको त्यसको परकम्प हो कि होइन भन्‍ने खुलेको छैन। 

विसं २०७२ सालको भूकम्पमा ८ हजार ९६४ जनाको मृत्यु भएको थियो भने २१ हजार ९५५२ जना घाइते भएका थिए। उक्त विनाशकारी भूकम्पका कारण ३५ लाख मानिसहरु विस्थापित भएका थिए। 




प्रकाशित: Oct 18, 2021| 14:00 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।