बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैद्यको स्वास्थ्य अवस्था बुझ्न दाहाल नर्भिक अस्पतालमा

वैद्यको स्वास्थ्य अवस्था बुझ्न दाहाल नर्भिक अस्पतालमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा क्रान्तिकारी माओवादीका महासचिव  मोहन वैद्यको  स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। अध्यक्ष दाहालले सोमबार बिहान नर्भिक अस्पताल पुगेर वैद्ययको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको दाहालको निजी सचिवालयले जनाएको छ। वैद्य स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्। 

उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो। एक्कासि दम बढेर छातीमा पीडा भएपछि अस्पताल लगिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको छ। अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो। एक्सरे रिपोर्टमा सामान्य दागसमेत देखिएको छ। नेता वैद्य लामो समयदेखि दमबाट पीडित छन्। 

प्रकाशित: Oct 18, 2021| 12:47 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।