आइतबार, जेठ १७, २०८३

पतिपत्नी कुटाकुट हुँदा पतिको मृत्यु

तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा पति र पत्नीबीच विवादपछि कुटाकुट हुँदा पतिको मृत्यृ भएको छ भने पत्नी गम्भीर घाइते भएकी छन्।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८
National life
Shivam cement

तेह्रथुम– तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा पति र पत्नीबीच विवादपछि कुटाकुट हुँदा पतिको मृत्यृ भएको छ भने पत्नी गम्भीर घाइते भएकी छन्। 

छथर गाउँपालिका ३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरायसी विवादपछि पत्नीको लौरो प्रहरबाट ५४ वर्षीय गोविन्द लिम्बूको मृत्यृ भएको इलाका प्रहरी चौकी वसन्तपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए। हात हालाहालमा पत्नी ५२ वर्षीया भक्तकुमारी लिम्बु गम्भीर घाइते भएकी छन्। 

घटना स्थलमा पुग्दा दुबैको अवस्था गम्भीर देखिएको र गोविन्दको उपचारका क्रममा छथर उस्पतालमा मृत्यृ भएको शुक्रबारे प्रहरीले जनाएको छ। कुटाइबाट गम्भीर भएकी भक्तकुमारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। -न्युज कारखाना

प्रकाशित: Oct 18, 2021| 11:45 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।