मंगलबार, असार ३०, २०८३

एसियाडको निर्णायकमा धनेश्वर चयन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- १८ औं एसियाली खेलकुद अर्न्तगत हुने ट्रायथलन प्रतियोगिताका लागि धनेश्वर प्रजापती निर्णायकमा चयन भएका छन्।
 
मित्र राष्ट्र इन्डोनेसियाको जाकार्तामा २-१७ भदौसम्म आयोजन हुने उक्त प्रतियोगिताका लागि धनेश्वरलाई चयन गरिएको हो। ट्रायथलननबाट एसियाली खेलको लागि निर्णायक चयन भएको प्रजापती पहिलो नेपाली निर्णायक हुन्।
 
विभिन्न अन्तर्राष्ट्रिय ट्रायथलन प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरिसकेका छन् । उनलाई एसियन ट्रायथलन महासंघले एसियाली खेलकुदअर्न्तगत् हुने ट्रायथलन प्रतियोगिताका लागि निर्णायकमा चयन गरेको संघले जनाएको छ।
 
उनी लेवल २ कोर्स गर्ने पहिलो नेपाली निर्णायक हुन्। हाल नेपालमा ५ अन्तर्राष्ट्रियसहित ३२ राष्ट्रिय निर्णायक छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।