काठमाडौं- यस वर्षको दसैंको मुख्य दिन (टीकाको दिन) गायक प्रकाश विक्रम थापाको 'प्रभाव' बोलको गीत सार्वजनिक भएको छ। गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल विवेक खड्का फिचर्ड छन्।
लामो समयदेखि सांगीतिक क्षेत्रमा रहेका थापा क्यानडामा बसोबास गर्छन्। विदेशमा रहेर पनि उनले सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका छन्।
सार्वजनिक भएको पछिल्लो गीत रोमान्टिक जानराको हो। गीतको साउन्ड क्वालिटी र भिडियो क्वालिटी उत्कृष्ट देखिन्छ। साम्राज्ञी र प्रकाशको केमेस्ट्री पनि मिलेको देखिएको छ। भिडियोमा साम्राज्ञी निकै बोल्ड देखिएकी छिन्। धेरैजसो दृष्यहरु इन्डोर खिचिएिको छ। सम्पादनमा निकै मेहनत देखिन्छ।
म्युजिक भिडियो निर्देशन शेखरराज कसजुले गरेका हुन्। प्रविण श्रेष्ठले सम्पादन गरेको भिडियो सुशन मगरले खिचेका हुन्।