मंगलबार, फागुन २६, २०८२

हाइटीमा १५ जना अमेरिकी धर्मप्रचारक बन्धक

सशस्त्र गिरोहले अमेरिकी धर्म प्रचारक र तिनका परिवारका सदस्यलाई हाइटीको राजधानी पोर्ट ओ प्रिन्स नजिकै बन्धक बनाएका छन्।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

काठमाडौं– सशस्त्र गिरोहले अमेरिकी धर्म प्रचारक र तिनका परिवारका सदस्यलाई हाइटीको राजधानी पोर्ट ओ प्रिन्स नजिकै बन्धक बनाएका छन्। एउटा अनाथालयको भ्रमण सकेर फर्कँदै गर्दा कम्तीमा १५ जनालाई बसबाट ओरालेर बन्धक बनाएको हाइटीको सुरक्षा संयन्त्रले जनाएको छ।

National life

हाइटीमा बन्धक बनाउने दर विश्वकै सबैभन्दा उच्चतम छ। त्यहाँ शक्तिशाली गिरोहहरूले कानुनविहीनताको अवस्थाको फाइदा उठाउँदै फिरौती उठाउन मानिसलाई अपहरण गर्दै आएका छन्।

गत जुलाईमा राष्ट्रपति जोभनेल मोइजको हत्या गरिएयता प्रतिद्वन्द्वी गुट  नियन्त्रण कायम गर्ने प्रयासमा छन्र। कमजोर सुरक्षा अवस्थाले त्यहाँको जनजीवन कष्टकर बनाएको छ।

इसाई धर्मको प्रचारमा संलग्न ती व्यक्तिहरूलाई क्र्वा डे बुके नगरबाट बाहिरिएको छोटो समयपछि नै बन्धक बनाएर अपहरणकारी गिरोहले नियन्त्रणमा लिएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले जनाएको छ। हाइटीमा सन् २०२१ को पहिलो नौ महिनामा ६ सयभन्दा बढी अपहरणमा परेका छन्।  अघिल्लो वर्षको यही अवधिमा उक्त सङ्ख्या २ सय ३१ थियो। 

प्रकाशित: Oct 17, 2021| 23:40 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।