काठमाडौं– भारतमा आइतबार १४ हजार १४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो संख्या पछिल्लो २२९ दिनयताको सबैभन्दा कम हो।
आजसम्म भारतमा एक लाख ९५ हजार ८४६ जना सक्रिय संक्रमित छन्। यो संख्या पनि पछिल्ला २२० दिनमा सबैभन्दा कम हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४४ जना संक्रमितको ज्यान गएको छ।
योसहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ५२ हजार १२४ पुगेको छ। भारतमा तीन करोड ४० लाख ६७ हजार ७१९ जनामा कोरोना संक्रमण भएको थियो। यीमध्ये तीन करोड ३४ लाख १९ हजार ७४९ जना संक्रमण मुक्त भएका छन्।
कोरोना संक्रमित निको हुने दर ९८.१० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा ७० प्रतिशत अन्य रोगका बिरामी थिए। -द प्रिन्टबाट