बिहीबार, भदौ ४, २०८३

तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

सरकारले कात्तिक ३ गतेसम्म देशका विभिन्न नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

काठमाडौं– सरकारले कात्तिक ३ गतेसम्म देशका विभिन्न नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार रातिदेखि कात्तिक ३ गतेसम्म महाकाली, सेती, भेरी नदी र सुदूरपश्चिम प्रदेशको मध्यपहाड, चुरे र तराई भई बग्ने नदीमा बहाव भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। 

महाशाखाले कर्णाली, नारायणी, कोसी, तिनाउ, कन्काई नदी तथा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश, प्रदेश १ को मध्यपहाड, चुरे र तराई भइ बग्ने नदीमा बहाव बढ्न सक्ने पूर्वानुमान गरेको छ। 

प्रकाशित: Oct 17, 2021| 20:55 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।