बिहीबार, भदौ ४, २०८३

१२ सीडीओको सरुवा, को कहाँ?

गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी सीडीओको सरुवा गरेका छन्। गृह मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ सीडीओको सरुवा गरेको हो।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी सीडीओको सरुवा गरेका छन्। गृह मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ सीडीओको सरुवा गरेको हो। 

गृह मन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृह मन्त्रालय तानिएको छ। जगन्नाथ पन्तलाई गृह मन्त्रालयबाट पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधि खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। 

वेदनिधि अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यस्तै  विष्णु पौडेललाई अर्घाआँचीबाट गृहमा तानिएको छ। 

राजुप्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिइएको छ भने स्याङ्जाका सीडीओ दीपकराज नेपाललाई गृहमा सरुवा गरिएको छ। 

प्रकाशित: Oct 17, 2021| 19:32 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।