मंगलबार, असार ३०, २०८३

पेलेको कीर्तिमानीसँग कोउटिन्होको बराबरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रुसमा जारी विश्व कपमा ब्राजिलका लागि सबैभन्दा प्रभावशाली प्रदर्शन गरिरहेका मिडफिल्डर फिलिप्पे   कोउटिन्होले विश्वकपमा महान खेलाडी पेलेले बनाएको कीर्तिमानीसँग बराबरी बनाएका छन्।

सर्बियाविरुद्धको समूह चरणको अन्तिम खेलमा आफ्नो जादु देखाउदै कोउटिन्होले विश्वकपमा महान खेलाडी पेलेको कीर्तिमानीसँग बराबरी गरेका हुन्। 
पेलले सन् १९५८ को विश्वकपमा सुरुवाती ३ खेलमा २ गोल र १ असिस्ट गरेको कीर्तिमानसँग कोउटिन्होले बराबरी गरेका हुन्। कोउटिन्होले पनि जारी विश्वकपमा २ गोल र १ असिस्ट गरेका छन्।
 
ब्राजिलले कोस्टारिकालाई २-० ले हराउँदा कोउन्टिहोले पहिलो गोल गरेका थिए। अर्को गोल नेयमारले गरेका थिए। समूह चरणमा स्विट्जरल्यान्डविरुद्ध १–१ को बराबरी खेल्दा कोउटिन्होले नै गोल गरेका थिए। समूह चरणको अन्तिम खेलमा सर्बियासँग २-० को जित निकाल्दा उनको पासमा पहिलो गोल भएको थियो।
 
उनको पासमा जोसे पउलोले गोल गरेका थिए। पेले पछि ब्राजिलका लागि यस्तो सफलता हासिल गर्ने काउन्टिहो पहिलो खेलाडी हुन्। ७ अंकसहित समूह ई को विजेताका रुपमा ब्राजिल नकआउट चरणमा पुगेको छ। ब्राजिल रसिया विश्व कपको दाबेदार मध्ये एकका मानिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।