बिहीबार, भदौ ४, २०८३

नौ वर्षीय छोरासहित ३१ वर्षीया महिला बेपत्ता

रुपन्देहीमा ३१ वर्षीया महिला ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन्।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

बुटवल– रुपन्देहीमा ३१ वर्षीया महिला ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन्। २२ असोजदेखि बेपत्ता उनी घर र माइतीको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेका छन्।

गुल्मीको मुसिकोट नगरपालिका–५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कविहीन भएको उनका पति खडानन्द गैरे (देउती) ले बताए। ‘सानीआमाको घरबाट केही नभनी निस्केर हिँडेकी थिइन्। नौ दिनसम्म पनि घरमा आएकी छैनन्’ उनले भने। आफन्त सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेको खडानन्दले बताए। 

एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दीक्षान्त गैरेलाई साथमा लिएर पत्नी सम्पर्कविहीन भएदेखि मोबाइल पनि स्विच अफ रहेको जानकारी दिँदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरेका छन्। खडानन्द वैदेशिक रोजगारीका सिलसिलामा भियतनामबाट एक महिनाअगाडि फर्किएका थिए। -न्युज कारखाना

प्रकाशित: Oct 17, 2021| 18:58 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।