आइतबार, जेठ १७, २०८३

कोसी किनारामा प्याराग्लाइडिङ खस्दा वडाध्यक्ष घाइते

भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोसी नदीको किनारामा खसेको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८
National life
Shivam cement

विराटनगर– भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोसी नदीको किनारामा खसेको छ। आइतबार दिउँसो भेडेटारबाट उडेको प्याराग्लाइडिङ पानी र तीव्र हावाका कारण कोसी किनारामा पुगेर खसेको हो।

प्याराग्लाइडिङमा उडिरहेका सुनसरी धरान–१ का वडाध्यक्ष ४८ वर्षीय रोशन अधिकारी घाइते भएका छन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। उनको ढाडमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। 

प्याराग्लाइडिङ उडिरहेको समयमा मौसममा आएको खराबी र हावाहुरीसँगै पानी परेकोले धरानमा अवतरण गर्न नसकेर उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच नजिकैको सप्तकोसी नदीको किनारामा प्याराग्लाइडिङ खसेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ।

प्रकाशित: Oct 17, 2021| 16:54 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।