मंगलबार, फागुन २६, २०८२

बेलायतमा एकै दिन ४० हजार भन्दा कोरोना सङ्क्रमित

बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन्।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

लन्डन- बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन्। कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ४२३ जनामा यो सङ्क्रमण देखिएको छ। यो समेतगरी यहाँ चौथो दिन सम्म पनि ४० हजार भन्दा बढी सङ्क्रमित पाइएका हुन्।

National life

पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ। बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन्। अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८४ लाख ४४ हजार नाघेको पनि जनाएका छन्। यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १४८ जनाको मृत्यु भएको छ।

यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन्। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार भन्दा बढीको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको देखिएको भन्दै थप सतर्कता अपनाउन आग्रह पनि गरेका छन्। 

प्रकाशित: Oct 17, 2021| 14:51 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।