बिहीबार, भदौ ४, २०८३

सर्पेलाई कुट्ने जुनिचाँदेका वडाध्यक्ष पक्राउ

जाजरकोटको जुनिचाँदे गाउँपाका- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्। साउन १५ गते स्थानीय सर्पे दमाइलाइ डोरीले बाँधेर कुटपिट गरेका उनलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

सुर्खेत- जाजरकोटको जुनिचाँदे गाउँपाका- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्। साउन १५ गते स्थानीय सर्पे दमाइलाइ डोरीले बाँधेर कुटपिट गरेका उनलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो।

यद्यपि प्रहरीले भने उनलाई पक्राउ गरेको नभई आवश्यक सोधझपुछका लागि जिल्लामा बोलाइएको जनाएको छ। 'स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्ष्यज्यूलाई बोलाएका छौं', जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले भने, 'पक्राउ गरेको त भन्न मिल्दैन, सोधपुछका लागि बोलाएका हौं।' 

बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो। टाढाको दूरी भएका कारण विभिन्न इलाका प्रहरीको रोहोबरमा उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको निरीक्षक पाण्डेले जानकारी दिए। 

पीडितलाई पनि सदरमुकाम बोलाइएको छ। पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्। पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुनसक्ने प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 05, 2021| 08:39 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।