मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अपडेट- वर्षा र बाढीबाट भारतमा १८ को मृत्यृ, दर्जनौं बेपत्ता

अपडेट- वर्षा र बाढीबाट भारतमा १८ को मृत्यृ, दर्जनौं बेपत्ता

भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल बर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

नयाँ दिल्ली-  भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल बर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ। अरु दर्जनौं व्यक्ति बेपत्ता भएका छन्। बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ। 

National life

पहिरोमा परेर दजैनौ बेपत्ता भएका बताइएको छ।दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ। 

कोट्याम जिल्लामा बढीले बढी क्षति पुर्‍याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ। बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन्। यहाँ आइतबार बिहान सम्म पनि बर्षा जारी रहेको छ। 

बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन्। मौसम् विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि बर्षा कायमै रहने बताएका छन्। 

प्रकाशित: Oct 17, 2021| 14:12 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।