बिहीबार, भदौ ४, २०८३

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभाको धर्मदेवी नगरपालिका–१ तिनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

संखुवासभा- संखुवासभाको धर्मदेवी नगरपालिका–१ तिनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा तेह्रथुम लालिगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेका ट्राफिक प्रहरी कार्यालय संखुवासभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए। 

आइतबार बिहान टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्याक्टर तिनजुरेमा दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख खत्रीले बताए।

ट्याक्टर सडकबाट तीन सय मिटर तल खसेको थियो।  दुर्घटना भएको ट्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए। घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। - न्युज कारखाना

प्रकाशित: Oct 17, 2021| 13:50 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।