मंगलबार, फागुन २६, २०८२

भारतको केरलमा बाढी: ९ जनाको मृत्यु, २० बेपत्ता

भारतको केरलमा भारी वर्षाका कारण आएको बाढीमा परी नौजनाको मृत्यु भएको छ। भारतीय सञ्‍चारमाध्यमहरुका अनुसार २० जना अझै बेपत्ता भएका छन्।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

नयाँ दिल्ली- भारतको केरलमा भारी वर्षाका कारण आएको बाढीमा परी नौजनाको मृत्यु भएको छ। भारतीय सञ्‍चारमाध्यमहरुका अनुसार २० जना अझै बेपत्ता भएका छन्। 

National life

कोट्टायम र इडुक्की जिल्लामा बाढीका कारण घरहरु भत्किएपछि २० जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको जनाइएको छ। 

विपत्त व्यवस्थापन विभागका अधिकारीहरुका अनुसार इडुक्कीमा ६ जना र कट्टायममा तीन जनाको मृत्यु भएको हो। भारी वर्षाका कारण रातिको समयमा उद्धार कार्य प्रभावित भएकोले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ। 

कोट्टायमको कुटिकलमा अझै केही मानिसहरु फसेको हो। मनसुन दक्षिण पश्‍चिमबाट उत्तर-पूर्वतर्फ गइरहेको भारतीय मौसम विभागले जनाएको छ। 


प्रकाशित: Oct 17, 2021| 12:56 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।