तनँहु- ४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
उनलाई शनिबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ।
ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।