मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानमा शिक्षकहरुलाई सामाजिक सञ्‍जाल प्रयोगमा प्रतिबन्ध

पाकिस्तानमा शिक्षकहरुलाई सामाजिक सञ्‍जाल प्रयोगमा प्रतिबन्ध

पाकिस्तानको पञ्‍जाब प्रान्तीय सरकारले कलेजका शिक्षकहरुलाई सामाजिक सञ्‍जाल प्लेटफर्म प्रयोग गर्न र परम्परागत मिडिया (छापा, टेलिभिजन,अनलाइन) मा बोल्न प्रतिबन्ध लगाएको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

इस्लामावाद- पाकिस्तानको पञ्‍जाब प्रान्तीय सरकारले कलेजका शिक्षकहरुलाई सामाजिक सञ्‍जाल प्लेटफर्म प्रयोग गर्न र परम्परागत मिडिया (छापा, टेलिभिजन,अनलाइन) मा बोल्न प्रतिबन्ध लगाएको छ।

National life

सरकारी कलेजका शिक्षकहरुले मिडियामा गएर अन्तर्वार्ता दिन र सरकारको विरोधमा अभिव्यक्ति, कुनै सूचना अथवा जानकारी दिन प्रतिबन्ध लगाइएको हो।

सरकारले जारी गरेको निर्देशनमा भनिएको छ, 'कुनै पनि सरकारी कर्मचारीले सरकारको अनुमति बिना कुनै मिडिया प्लेटफर्ममा सहभागी हुन पाउने छैनन्। सरकारी कर्मचारीलाई सरकारी जानकारी वा कागजात सरकारी अधिकारी वा निजी व्यक्ति अथवा प्रेससँग अनधिकृतरुपमा वितरण अथवा उपलब्ध गराउन पाइने छैन।'

पञ्‍जाबको सार्वजनिक निर्देशनालयले सबै सरकारी कलेजमा सामाजिक सञ्‍जालको उपयोगका विषयमा परिपत्रसमेत गरेको छ।

परिपत्रमा कलेजका शिक्षकहरुले सामाजिक सञ्‍जाल प्लेटफर्मको उपयोग गर्दा कहिलेकाहीँ तोकिएको मापदण्डभन्दा बाहिर जान गएमा त्यसलाई गैरकानुनी मानिने उल्लेख गरिएको छ। 

Laxmi sunrise bank
kumari

पाकिस्तानी सञ्‍चारमाध्यम डनका ​​अनुसार पञ्‍जाबमा सरकारी कर्मचारी (आचरण) नियम-१९६६ को उल्लंघन गरेमा नियमानुसार अनुशासनात्मक कारबाही गरिनेसमेत जनाइएको छ। - एएनआई

प्रकाशित: Oct 17, 2021| 11:55 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।