बुधबार, जेठ २०, २०८३

कैलालीमा घाँटी थिचेर एकजनाको हत्या, श्रीमतीसहित चार पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

धनगढी-  कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको छ।

National life

घरदेखि करिब सात सय मिटर टाढा खुटिया नदीको छेउमा शव फेला परेपछि प्रहरीले गरेको अनुसन्धानमा उनको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

शुक्रबार साँझ साथीको घर जाने भन्दै निस्किएका उनी आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानमा उनको घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

हत्याको घटना अनुसन्धानका लागि मृतककी श्रीमती सहित चार जनालाई प्रहरीले पक्राउ गरीएको अधिकारीले बताए। 

रमेशको घाँटी थिचेर हत्या गरेको पाइएपछि हत्यामा संलग्‍न भएको आशंकामा रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको अधिकारीले बताए। तर, उनीहरूको नाम भने खुलाइएको छैन।

Shivam cement

प्रकाशित: Oct 17, 2021| 11:13 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।