बिहीबार, वैशाख २४, २०८३

यी हुन् अफगानिस्तानमा तालिबानले लगाएका ५ प्रतिबन्ध

अघिल्लो शासनकालमा लगाइएको प्रतिबन्धहरु नदोहोर्‍याउन, मानवअधिकारको संरक्षा गर्नुपर्ने र महिला अधिकारको सम्मान गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले आग्रह गरिरहेको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

काबुल- गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिवानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन्। अघिल्लो शासनकालमा लगाइएको प्रतिबन्धहरु नदोहोर्‍याउन, मानवअधिकारको संरक्षा गर्नुपर्ने र महिला अधिकारको सम्मान गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले आग्रह गरिरहेको छ। 

National life

तालिबानले सत्ता सम्हालेको समयमा मानवअधिकारको संरक्षण गर्ने बताए पनि विस्तारै प्रतिबन्धहरु थपिँदै लगिएको छ। जसका कारण अफगान छोड्‍न चाहनेहरुको संख्यामा वृद्धि भइरहेको छ। 

१. हजामलाई दाह्री काट्न प्रतिबन्ध

तालिवानले अफगानिस्तानका नाऊ (हजाम)हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएको छ। नियम नमान्नेलाई सजाँय दिइने तालिवानको चेतावनी छ। हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिवानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताएका छन्। तालिवानका नेताहरुले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाटसमेत चेतावनी दिएका छन्।

 २. शौचालय सफा गर्नेबाहेक अन्य कर्मचारी घरमै बस्न आदेश

तालिवानले काबुल महानगरका महिला कर्मचारीलाई अन्य व्यवस्था नहुन्जेल घरमै बस्न उर्दी जारी गरेको छ। तर, महिला शौचालय सफा गर्ने कर्मचारीलाई भने अनिवार्य उपस्थित हुन भनेको छ।

३. सरकारी महिला कर्मचारीलाई काममा नर्फकन उर्दी

पहिलो शासनकालमा तालिवानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएको थियो। तालिवानले दोस्रो पटक सत्ता कब्जा गरेसँगै महिलाका अधिकार कटौती हुने धेरैले आशंका गरेका थिए। आखिर सर्वसाधरणले जे अनुमान गरेका थिए, त्यही भएको छ।

४. छात्रालाई अलग्गै अध्ययन

सत्ता सम्हालेको दुई सातामै तालिवानले अफगान छात्राका लागि कडा नियम ल्याएको थियो। जसअनुसार अफगान विद्यालयमा छात्रछात्रासँगै पढ्न पाउने छैनन्। त्यस्तै, पुरुष शिक्षकले छात्रालाई पढाउन पाउने छैनन्। पढाउनै परेमा पर्दापछाडिबाट आधुनिक प्रबिधिको प्रयोग गर्न सक्ने जनाइएको छ।

५. विश्वविद्यालयमा छात्रालाई प्रतिबन्ध

तालिवानले विश्वविद्यालयमा महिलाहरुलाई नजान भनेको छ। महिलाहरुले पढ्ने वातावरण नभएको भन्दै महिला अध्ययनमा प्रतिबन्ध लगाएको हो। तालिवानको प्रतिबन्धले विश्वविद्यालयका हजारौं छात्रा प्रभावित भएका छन्। काबुल विश्वविद्यालयका कूल विद्यार्थीको ४३ प्रतिशत छात्रा छन्। यसअघि तालिवानले विश्वविद्यालयका छात्रालाई अलग्गै पोसाक लगाउन बाध्य पारेको थियो।



प्रकाशित: Oct 17, 2021| 11:08 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।