ढाका- दुर्गा पूजा पण्डालमा कुरानको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिएको स्टाटसपछि भड्किएको हिंसामा पाँच जनाको मृत्यु भएको छ।
बंगलादेशका सूचना तथा प्रसारणमन्त्री हसन महमूदले कोमिल्लामा कुरानको अपमान भएको भन्दै भ्रम फैलाएर हिंसा भड्काउनमा बंगलादेश नेश्नलिस्ट पार्टी (बीएनपी-जमात) जिम्मेवार भएको बताएका छन्।
बंगलादेशको पत्रिका ढाका ट्रिब्युनका अनुसार सूचनामन्त्री हसनले मिर्जा फखरुलको बयानले बीएनपी-जमातले साम्प्रदायिक हिंसा भड्काएको बताएका छन्।
उनले भने, 'प्रधानमन्त्री शेख हसिनालाई राजनीतिकरुपमा बद्नाम गर्नका लागि बीएनपी-जमातले षड्यन्त्रपूर्वक यो काम गरेको हो। कोमिल्लामा भएको घटनामा राजनीतिक उद्देश्य रहेको छ।'