बिहीबार, भदौ ४, २०८३

भारतीय सेनाका उच्च अधिकारीको टोली नेपाल आउँदै

भारतीय सेनाका उच्च अधिकारीको नेतृत्वमा ३९ जना टोली ६ दिने नेपाल भ्रमणमा आउने भएको छ।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

काठमाडौं- भारतीय सेनाका उच्च अधिकारीको नेतृत्वमा ३९ जना टोली ६ दिने नेपाल भ्रमणमा आउने भएको छ।

भारतको राष्टिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) मा सञ्‍चालित नेशनल डिफेन्स कोर्समा सम्मिलत प्रशिक्षार्थी र अधिकारीहरुले त्यहाँका वरिष्ठ निर्देशक तथा भारतीय जल सेनाका रियर एडमिरल धीरेन भिगको नेतृत्वमा नेपाल भ्रमण गर्ने भएको हो। 

यो ३९ सदस्यीय टोलीले ३१ असोजदेखि ६ कात्तिकसम्म नेपाल भ्रमण गर्नेछ। 

उक्त टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने  सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले जानकारी दिएका छन्। 

उनका अनुसार रक्षा टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य कमाण्ड हेडक्‍वाटर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन्। यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीको भ्रमणलगायत नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ। 



प्रकाशित: Oct 16, 2021| 15:15 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।