बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आहा कन्याम !

संघले घोडामा चढेर घुम्न चाहने पर्यटकका लागि ६०० रुपैयाँ भाडा तोकेको छ। घोडामा चढेर फोटो खिच्दा ५० रुपैयाँ तिर्नुपर्छ।
 |  आइतबार, असोज ३१, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

आइतबार, असोज ३१, २०७८

इलाम – कुनै बेला कन्याम चियाबारीका लागि प्रख्यात कन्याममा यति बेला देशैभरिका पर्यटकीय स्थलमा मानिसको भीड बढ्न थालेको छ। एक त दसैंको बिदा अर्को कोरोना महामारीको जोखिमबाट जनजीवन सामान्य हुन थालेपछि आन्तरिक पर्यटन क्षेत्रमा चहलपहल बढ्न थालेको हो। यस्तै चहलपहल बढेको छ इलामको पर्यटकीय स्थल कन्याममा पनि। सूर्योदय नगरपालिकास्थित कन्यामका सडक आजभोलि व्यस्त देखिन थालेका छन्।

triton college

पर्यकटको स्वागत सत्कारका लागि स्थानीय व्यापारी पनि व्यस्त छन्। घोडचढीमा रमाउने पर्यटकका लागि बाटामा घोडा देखिन थालेका छन्। विभिन्न समुदायको पोसाक लगाएर कन्याम यात्रालाई स्मरणीय बनाउने पनि उत्तिकै छन्। 

‘सुरुमा लकडाउनले प्रभाव पार्यो। त्यसपछि त खै हो, मान्छे खर्च गर्ने चाहँदैन जस्तो लाग्छ। कोभिड–१९ को महामारीअघि जस्तो मानिस अझै आएका छैनन्। लामो समय भइसक्यो,’ स्थानीय व्यापारी ‍अभिषेक गिरी भन्छन्।

कन्याममा पर्यटक आकर्षित गर्न सूर्योदय नगरपालिकाले विभिन्न योजना ल्याएको छ। घोडा चालकहरुले संघ बनाएर व्यावसायिक रुपमा पर्यटकलाई घोडसवार गराउन सुरु गरेका छन्।

संघले घोडामा चढेर घुम्न चाहने पर्यटकका लागि ६०० रुपैयाँ भाडा तोकेको छ। घोडामा चढेर फोटो खिच्दा ५० रुपैयाँ तिर्नुपर्छ। 
संघमा ४९ जना आबद्ध छन्। तिनैमध्येका एक हुन् लक्ष्मण तामाङ। उनी विगत छ महिनादेखि कन्याममा घोडसवार गराइरहेका छन्। उनले भने, ‘मैले यो घोडा यहाँ ल्याउन थालेको भर्खरै मात्र हो। पर्यटकहरु खासै धेरै आएका छैनन्।’

कोरोनाले कन्यामको पर्यटनमा धेरै असर गरेको उनको भनाइ छ। उनले असोज लागेपछि भने बिस्तारै मानिस आउन थालेको बताए। घोडा चढ्ने पर्यटकको अझै कमी छ। कन्याममा पर्यटकका लागि ४९ वटा घोडा तयारी अवस्थामा छन्। तामाङले भने, ‘यहाँ आएका मानिसलाई मिलाएर पालैसँग घोड सवारी गरेका छौं। एक जनाले दिनमा तीन जनासम्मलाई घुमाइरहेका छौं।’

Metro Mart
vianet

संघले घोडामा चढेर घुम्न चाहने पर्यटकका लागि ६०० रुपैयाँ भाडा तोकेको छ। घोडामा चढेर फोटो खिच्दा ५० रुपैयाँ तिर्नुपर्छ। 

‘कतिबेला छिटो पनि हुन्छ। कतिबेला ढिलो पनि हुन्छ। जस्तै, आज पहिलो लट पर्यो भने अर्को बार अर्के लट पर्छ। हामीले त्यसरी मिलाइरहेका हुन्छौं। रुटिन बनाएका छौं। आज म तेस्रो परेँ भोलि पहिलो छ,’ तामाङले गत सोमबार भने। आफैंले घोडा किनेर दर्ता गरिसकेपछि रुटिन मिलाएर चलाउन पाइन्छ। त्यसबापत नगरलाई मासिक २४ सय रुपैयाँ कर तिर्नुपर्छ।

केही महिनाअघिदेखि नगरले व्यवसायीका लागि स्टलको व्यवस्था गरिदिएको छ। त्यसको दैनिक भाडा ३० रुपैयाँ छ। पसल सञ्चालन गरेको दिन मात्र भाडा तिर्नुपर्ने सुविधा नगरले दिएको व्यापारी गिरी बताउँछन्।

उनको पसलमा खुर्सानी, छुर्पी, ललिपपलगायतका खानेकुरा पाइन्छ। ‘सानो बट्टाको १५०, अलि ठूलोको २५० र ठूलो बट्टाको ३५० रुपौयाँ पर्छ,’ उनले खुर्सानीको मूल्य सुनाए।

ठाउँको प्रवर्धनका लागि नगरपालिकाले अंग्रेजीमा ‘कन्याम’ लेखिदिएको छ। पृष्ठभूमिमा खुलेको आकाश र चियाका हरिया डाँडा राखेर ती शब्दअधि उभिएर लिएका हजारौं तस्विर अहिले सामाजिक सञ्जालमा सजिन थालेका छन्।
कन्याममा डुल्न आउनेको भीड बढिरहेको परम्परागत वस्त्र भाडा व्यवसायी उर्मिला मगरले बताइन्। उनको पसलमा लिम्बू, राई, मगर, तामाङ जातिले लगाउने वस्त्र पाइन्छन्। एकपटक लगाएर चियाका बुट्यानबीच फोटो खिचेको ५० रुपैयाँ लाग्छ। ‘एकपटक लगाएर त्यस्तै आधा घण्टा घुम्न पाइन्छ। यहाँ ५–६ जातजातिका जातीय भेषभूषा पाइन्छ,’ मगरले भनिन्, ‘भर्खर सिजन सुरु भएको छ। अलिअलि मान्छे आएका छन्। मौसम खुल्दैछ अब पर्यटकको संख्या बढ्छ नि।’
आर्थिक वर्ष सुरु हुनुपुर्व नगरपालिकाले मेची राजमार्गको कन्याम क्षेत्रमा पर्ने बाटो कालो पत्रे गरिदिएको छ, विश्रामस्थल बनाइदिएको छ।ठाउँको प्रवर्धनका लागि नगरपालिकाले अंग्रेजीमा ‘कन्याम’ लेखिदिएको छ। पृष्ठभूमिमा खुलेको आकाश र चियाका हरिया डाँडा राखेर ती शब्दअधि उभिएर लिएका हजारौं तस्विर अहिले सामाजिक सञ्जालमा सजिन थालेका छन्।

सामाजिक सञ्जाल टिकटक बनाउनेको भीड पनि उत्तिकै छ। पछिल्लो समय कन्यासममा सडकको मर्मत भएपछि त्यो सडक एक प्रकारले ‘भाइरल’ नै बनेको थियो। कोभिड–१९ को संक्रमण बढेपछि पर्यटकको संख्या शून्यसम्म पुग्यो। 

कन्याम घुम्न नेपालभरका मात्र होइन पूर्वात्तर भारतका पर्यटक पनि आउने गरेको स्थानीय व्यापारी बताउँछन्।

कसरी पुग्ने कन्याम?

कन्याम पूर्वी पहाडको सुन्दर हिल स्टेसन हो। यो यहाँ पूर्वी जिल्ला झापाबाट साढे एक घण्टाको ट्याक्सी यात्रामा पुग्न सकिन्छ। भारतको दार्जिलिङबाट पनि सवा १ घण्टामा कन्याम पुग्न सकिन्छ। काठमाडौंबाट यात्रा गर्ने भने हो भने झापासम्मको दिवा वा रात्रिबस उपलब्ध छ। 

बसबाट एक दिनको यात्रामा झापासम्म पुग्न सकिन्छ। यस्तै काठमाडाैं-इलामको रात्रिबसबाट पनि कन्याम पुग्न सकिन्छ। विमानबाट जाने हो भने काठमाडौंबाट झापाको चन्द्रगढी हुँदै एक दिनमै पुगेर घुम्न भ्याइन्छ। कन्याम वरपर पशुपतिनगर, श्रीअन्तुलगायत अन्य पर्यटकीय स्थलहरु पनि छन्। बस्नका लागि लज वा होटलको चिन्ता गर्नु पर्दैन। कन्यामका होटेल त्यति महँगा छैनन्। 



 




प्रकाशित: Oct 17, 2021| 09:25 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।