बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीयसँग झडप हुँदा ७ प्रहरी घाइते, थप उपचारका लागि काठमाडौं ल्याइयो

स्थानीयसँग झडप हुँदा ७ प्रहरी घाइते, थप उपचारका लागि काठमाडौं ल्याइयो

रुकुमको मुसिकोटस्थित बागबजार नजिकै रोकेर राखेको ट्रकमाथि ढुंगामुढा र बोतल समेत प्रहार गर्नेहरुलाई नियन्त्रण गर्न लाग्दा प्रहरी र स्थानीयबीच झडप भएको छ। शुक्रबार राति भएको झडपमा परी सात प्रहरी घाइते भएका छन्।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

काठमाडौं- रुकुमको मुसिकोटस्थित बागबजार नजिकै रोकेर राखेको ट्रकमाथि ढुंगामुढा र बोतल समेत प्रहार गर्नेहरुलाई नियन्त्रण गर्न लाग्दा प्रहरी र स्थानीयबीच झडप भएको छ। शुक्रबार राति भएको झडपमा परी सात प्रहरी घाइते भएका छन्। 

झडपमा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएका हुन्। घाइते प्रहरी सहायक निरीक्षक बोहरालाई राति नै थप उपचारको लागि नेपालगञ्‍ज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। 

झपडमा परी प्रहरी हवल्दार काली बहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाँडमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट रहेको छ। अन्य चार जना प्रहरी सामान्य घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार शुक्रबार राति पौने नौ बजे मुसिकोट नगरपालिका– १ को बागबजार नजिकै पार्किङ्ग गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको सयूँक्त टोली परिचालन गरिएको थियो।

उक्त टोलीले निजहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथी नै ढुंगामुढा र बोतल समेत प्रहार गरेपछी मुठभेडको अवस्था बनेको हो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जना युवालाई नियन्त्रणमा लिएको छ भने ४ जना फरार रहेको जनाएको छ।

पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ५ का २० बर्षका नरेश पुन मगर, वडा नम्वर १ का १८ वर्षका राजन प्रकाश गिरी, सोही ठाउँका वर्ष २० का आकाश परियार र वर्ष २५ को हरि बहादुर घर्ती, वडा नम्बर १० का वर्ष २४ का खडानन्द केसी र रुकुम पूर्व भुमे गाउँपालिका घर भइ हाल मुसिकोट नगरपालिका ५ बस्‍ने २३ वर्षका को मर्कुश पुन मगर रहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Oct 16, 2021| 13:25 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।