धनगढी- बैतडीमा एक जना पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१०, तिरखडेनीस्थित महाकाली नदी किनारमा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले करिव ४० वर्षीय पुरुषको शव फेला परेको बताएका छन्। प्रहरी निरीक्षक खड्काले घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको बताए। स्थानीयले शनिबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए।