बिहीबार, भदौ ४, २०८३

होटेल सञ्चालकमाथि कुटपिट गर्ने तीन जना पक्राउ

कैलालीमा होटेल सञ्चालकमाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

धनगढी- कैलालीमा होटेल सञ्चालकमाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर- २ मा होटेल सञ्चालन गर्दै आएकी ३४ वर्षीया रितु थापामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। 

महिलालाई कुटपिट गरेको आरोपमा गोदावरी नगरपालिका वडा नम्बर- ३ का २८ वर्षीय ललित जोशी, २५ वर्षीय आशिष पाण्डेय र २६ वर्षीय नबिन जोशीलाई पक्राउ गरीएको प्रहरी निरीक्षक लोकेन्द्र गुरुले बताए। 

शुक्रबार राति मदिरा सेवन गरेर थापाले सञ्चालन गर्दै आएको कान्छी होटेलमा पुगेर कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको प्रहरी निरीक्षक गुरुले बताए। महिलाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको उनले बताएका छन्।

प्रकाशित: Oct 16, 2021| 12:05 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।