बिहीबार, भदौ ४, २०८३

वृक्षारोपणले सुक्खा पहिरो हराभरा बन्दै

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका स्थानीयले सुक्खा पहिरोलाई हराभरा बनाएका छन्।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका स्थानीयले सुक्खा पहिरोलाई हराभरा बनाएका छन्। वर्षायाममा पहिरो गइरहने पहिरेनी पाखालाई स्थानीयले बृक्षारोपण गरेर हराभरा बनाएका हुन्। बस्तीतिर फैलिँदै गएको पहिरेनीमा दाल्फुका स्थानीयले १८ वर्षअघि बृक्षारोपण गरेका थिए।

२०६० साल असारमा रोपिएको उत्तिसको बिरुवा बढेर पहिरो ढाक्न थालेको छ। बृक्षारोपणपछि रुखबिरुवा हुर्केका कारण हाल पहिरोसमेत नियन्त्रण भएको स्थानीय दुर्गप्रसाद राईले बताए। 

हिउँदमा ठप्प हुने वर्षायाममा चल्ने पहिरोले करिब १२ रोपनीभन्दा बढि खेतीयोग्य जमिन बगाइसकेको छ। पहिरोका कारण केही घरसमेत जोखिममा छन्। वर्षेनी पहिरोले आकार लिँदै जाँदा बस्ती नै जोखिममा पर्न थालेपछि स्थानीयले बृक्षारोपण गरेका थिए।

पहिरो नियन्त्रणका विकल्पका लागि छलफल गर्दा चाँडो हुर्कने बिरुवा रोप्न उपयुक्त हुने निष्कर्ष निस्किएपछि उत्तिस, चिलाउने, लामपाते, साल लगायतका बिरुवा रोपिएको थियो। उत्तिसको रुख बढेपछि केही वर्षयता उत्तिसको बिरुवा आफै उम्रन थालेको स्थानीय बताउँछन्। पहिरेनीमा आफैँ सल्ला र चिलाउनेका बोटसमेत फैलिरहेका छन्। लगातार पहिरो गइरहन थालेपछि सो स्थानलाई पहिरेनी भन्न थालिएको हो।              -न्यूजकारखाना 

प्रकाशित: Oct 16, 2021| 11:15 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।