शुक्रबार, असोज २३, २०८३

प्रियंका चोपडा : विदेशी गर्ल!

बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

काठमाडौं- बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा। बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान बनाएकी प्रियंकाले डेब्यु भने ’अन्दाज’ मार्फत गरेकी थिइन्। त्यसयता उनले निर्वाह गर्ने भूमिकाले उनलाई ’देशी गर्ल’को ट्याग दिएको हो। 

उनलाई पछिल्लो समय ‘विदेशी गर्ल’ भन्न थालिएको छ। निक जोनससँग विवाह बन्धनमा बाँधिएपछि उनको बसाइ प्रायः देश बाहिर नै छ। उनी संयुक्त राज्य अमेरिका र बेलायतमा समय बिताइरहेकी छिन्। 

यति मात्र होइन, उनी बलिउडको फिल्मभन्दा हलिउडका फिल्म तथा सिरिजमा व्यस्त छिन्। उनले पछिल्लो समय बलिउड फिल्म ‘द स्काई इज पिङ्क’ मा अभिनय गरेकी थिइन्। त्यसयता उनले सिरिज तथा हलिउडका टेलिभिजन सिरिजमा मात्र काम गरिरहेकी छिन्।

अमेरिकन टेलिभिजन सो ‘क्वान्टिको’बाट चर्चा कमाएकी उनले हलिउड फिल्म ‘बेवाच’मा ड्वेन जोनसनसँग स्क्रिन सेयर गरेर हलिउडमा आफ्नो स्थान पक्का गरेकी थिइन्। 

‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’लगायतका हलिउड फिल्ममा अभिनय गर्नुका साथै गायक निक जोनससँग बिहे गरेयता हलिउडमा प्रियंकाको छुट्टै चर्चा छ। पछिल्लो समय उनी हलिउडको लोकप्रिय ‘म्याट्रिक्स’को फ्रेन्चाइजमा देखिँदैछिन्। 

‘म्याट्रिक्स’को चौथो श्रृङ्खलामा उनले अभिनय गर्ने खबर आएसँगै उनलाई ’विदेशी गर्ल’ भन्न थलिएको छ। ‘म्याट्रिक्स’ श्रृंखलाका अन्य फिल्मजस्तै यसमा पनि एक्सन स्टारकेनु रिब्स मूख्य भूमिकामा हुनेछन्। लाना वाच्वस्कीले निर्देशन गर्ने फिल्मको लोकप्रियता भारतमा पनि उत्तिकै छ। -न्युज कारखाना 

प्रकाशित: Oct 16, 2021| 10:15 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।