बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'स्वस्थ भविष्यको लागि सुरक्षित खाना' भन्ने नाराकासाथ आज विश्व खाद्य दिवस मनाइँदै

'स्वस्थ भविष्यको लागि सुरक्षित खाना' भन्ने नाराकासाथ आज विश्व खाद्य दिवस मनाइँदै

शनिबार १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस। ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराकासाथ शनिबार संसारभर ४१औँ विश्व खाद्य दिवस मनाइँदै छ।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

काठमाडौं- शनिबार १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस। ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराकासाथ शनिबार संसारभर ४१औँ विश्व खाद्य दिवस मनाइँदै छ। खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाइन्छ। 

संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो। 

खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसर पारेर विश्व खाद्य दिवस मनाइन्छ। खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो। 

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो। नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो।

नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बौं रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात गरिरहेका छौँ। अझ पनि ६० प्रतिशत नेपालीहरू कृषि पेसामा संलग्न भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नुले नेपालको कृषि प्रणाली तथा सरकारको कृषि नीतिलाई गिज्याइरहेको छ। 

सन् १९६० को दशकमा विश्वमा चामल निर्यात गर्ने प्रमुख देशमा नेपाल छैटौँ स्थानमा थियो। तर, अहिले नेपालले अर्बौं रुपैयाँको खाद्यानन आयात गरिरहेको छ। 

जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई संसारभर अहिले २१औं शताब्दिको मुख्य चुनौतीको रुपमा हेरिएको छ। जलवायु परिवर्तनकै काराण संसारका धेरै जसो स्थानमा रहेको स्थानीय अन्नबालीसमेत हराउँदै गएको छ।  -न्युज कारखाना 

प्रकाशित: Oct 16, 2021| 07:27 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।