शुक्रबार, असोज २३, २०८३

बलिउड कलाकारहरुको आग्रह : सपरिवार फिल्म हेर्न हलमा आउनुहोस्

कोरोना भाइरसको कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदैछ। पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयना फर्किने तयारीमा छ।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

काठमाडौं- कोरोना भाइरसको कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदैछ। पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयना फर्किने तयारीमा छ। 

आउँदो ५ नोभेम्बरमा बलिउडको प्रतिक्षित फिल्म ’सूर्यवंशी’ प्रदर्शनमा आउँदै छ। रोहित शेट्टी निर्देशित फिल्ममा अक्षय कुमार, कट्रिना कैफ , ज्याकी श्राफजस्ता कलाकारको अभिनय छ।  यसमा अजय देवगन र रणवीर सिंह पनि देखिनेछन्। यसैले गर्दा यो प्रतिक्षित बनिरहेको छ, किनकि यो मास अडियन्स फिल्म हो। 

भारतको महाराष्ट्रमा फिल्म हल खुल्ने भएसँगै भटाभट फिल्म रिलिज घोषणा भइरहेको छ। यसै सन्दर्भमा फिल्म हल खुलेको र यसको मनोरञ्जन लिन फिल्म ’सूर्यवंशी’ का कलाकारहरू आग्रह गरेका छन्। अक्षय, अजय र रणवीरले एक भिडियोमा हलमा फिल्म हेर्नुको मज्जा छुटै हुने भन्दै दर्शकलाई हल फर्किन आग्रह गरेका हुन्। 

‘दर्शकको ताली र सिठ्ठीले फेरि हललाई गुन्जयमान बनाउने जिम्मा तपाइँको छ, सपरिवार अवस्य आउनु होला’, भिडियोमा स्टारहरूले आग्रह गरेका छन्। यस फिल्मलाई ओटीटीमा रिलिज गर्न धेरै नेटफ्लिक्स, प्राइम भिडियो, जी फाइभ, डिज्नी प्लस हटस्टारले आग्रह गरेका थिए।

तर, फिल्म हलमै चलाउने निर्णयमा टीम अडिग रह्यो। कोरोना भाइरसको महामारी आएपछि रिलिज हुन लागेको ठूलो फिल्ममा ’सूर्यवंशी’लाई राखिएको छ। यसले गर्ने व्यापारले भारतमा मात्र होइन, नेपालमा पनि फिल्म रिलिजको तालिका तय हुनेछन्।  -न्युज कारखाना 

प्रकाशित: Oct 15, 2021| 20:05 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।