धनगढी– धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलका भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो चोरी भएको छ। दसैंको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो।
घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।नगद र गरगहनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ। भरतबहादुर प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ हुन्।