बिहीबार, भदौ ४, २०८३

काशीरामको घरमा चुल्हो बल्न छाड्यो

पाटन नगरपालिका–६ पाटनबजार नजिकै घर भएका काशीराम भुल ५९ बर्षका भए। तर झट्ट हेर्दा उनी ७० बर्ष नाघेका जस्ता देखिन्छन्।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

बैतडी- पाटन नगरपालिका–६ पाटनबजार नजिकै घर भएका काशीराम भुल ५९ बर्षका भए। तर झट्ट हेर्दा उनी ७० बर्ष नाघेका जस्ता देखिन्छन्। जीवनभरी मजदुरी गरेका उनले कहिले पनि पोषणयुक्त खाना खान पाएनन्। उनले १२ बर्षको उमेरदेखि मजदुरी गर्न थालेका हुन्। ट्रकमा सामान लोड/अनलोड गर्नेदेखि निर्माण कार्यहरूमा रातदिन काम गरे। तर उनी एक बर्षदेखि काम गर्न नसक्ने भएका छन्। मजदुरीमा जान नसक्ने भएसँगै उनीसँग मागेर खानुको विकल्प रहेन। जुन उनी कहिल्यै चाहदैन थिए। 

उमेर ढल्किदैँ गएपछि काम गर्न सकेनन् मागेर खान उनले जानेनन् जसका कारण उनको घरमा अचेल चूलो बल्न छाडेको छ। चुहिन छानो भएको सानो घर (झुप्रो) मा बस्ने भुल दम्पती दुवैजना अहिले बिरामी छन्। उपचार गर्ने पैसा नहुँदा कुन रोग लागेको हो भनेरसम्म उनीहरूलाई थाहा छैन। उनीहरूलाई सधैँ ज्वरो आउने र रुघाखोकी लागिरहन्छ। 

भुलले भने, ‘नजिकका स्वास्थ्य चौकीमा उपचारका लागि गएका थियौं, धनगढी अथवा काठमाडौंको ठुलो अस्पताल जानुस् भन्यो। उता पुग्ने क्षमता छैन, गाडीको टिकट काट्नसम्म पैसा छैन।’ 

भुल दम्पतिका चार छोरा छन्। दुई छोरा साना बालखै छन् भने दुईजना भारतमा मजदुरी गर्छन्। तर छोराहरू कमाएको पैसाले मदिरा सेवन गरेर सिध्याउने उनीहरू बताउँछन्। ‘हामीलाई अहिलेसम्म एक रुपैयाँ दिएका छैनन्,’ काशीरामले भने। काशीराम उपचार सहयोगका लागि सिफारिस पत्र बोकेर १०–२० रुपैयाँ माग्दै हिडिरहेका छन्। -न्युज काराखाना

प्रकाशित: Oct 15, 2021| 19:00 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।