बिहीबार, भदौ ४, २०८३

बारेकोटका पहिरोपीडितको १५ महिनादेखि त्रिपालको बास

२५ असोज ०७७ असारको पहिरोले उनीहरू बस्तै आएको बस्ती बगाएपछि राहतमा पाएको त्रिपालमा उनीहरू बस्न थालेका हुन्।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

जाजरकोट- बारेकोट गाउँपालिका–४ सार्कीटोलको सिंगो दलित समुदाय दुई महिनादेखि त्रिपालमुनि बसिरहेको छ। २५ असोज ०७७ असारको पहिरोले उनीहरू बस्तै आएको बस्ती बगाएपछि राहतमा पाएको त्रिपालमा उनीहरू बस्न थालेका हुन्। 

बारेकोट गाउँपालिकाको वडा नम्बर ४ को तलगाउँ र वडा नम्बर ६ को धुमाको अवस्था पनि उस्तै छ। यी दुवै वडामा एकै दिन फरक समयमा गएको पहिरोमा परेर १४ जनाको ज्यान गुमाएका थिए भने करिब सय परिवार पूर्णरुपमा विस्थापित थिए। 

पहिरोमा परेर ज्यान गुमाएका त गए नै जीवित रहेकाहरू सामान्य आश्रयस्थल समेत नहुँदा अवस्था अत्यन्त दयनीय बनेको छ। दिनहुँजसो पर्ने पानीलाई त्रिपालले नछेक्दा र सरकारले पनि कुनै सहयोग नगर्दा पहिरो पीडितहरू राज्यविहीन झै बनिरहेका छन्। उनीहरूका आँखामा आफन्त र सम्पत्ति गुमाउनु पर्दाको पीडा अझैसम्म पनि छचल्किइरहेको छ।

भएको जग्गा जमीन, दुःख गरेर आर्जन गरेको सम्पत्ति र ओत लाग्ने घर समेत पहिरोमा बगेपछि बारेकोटका विस्थापित सुरक्षित मानिएको अग्लो ठाउँ र जंगल नजिकको बस्तीमा पाल टाँगेर बसेका छन्। गतबर्ष सरकार, सहयोगी र देश विदेशमा रहेका विभिन्न संघसंस्थाहरूले दिएको सहयोगमा दिन काटेका उनीहरू यो बर्ष भने कतैबाट सहयोग नपाएको गुनासो गर्छन। पहिरोमा चार सन्तान गुमाएकी सार्कीटोलकी ७२ वर्षीया दुधी सार्की भन्छिन्, ‘चार सन्तानको सास त दैवले चुड्यो। बचेकाहरूको पनि चुहिने पालमुनि कहिलेसम्म सास रहने हो भन्ने भएको छ।’ उनले त्रिपालबाट कहिले मुक्ति पाइएला भनेर सुस्केरा हालिन्।

राहत भन्दा पुनर्वासको माग

रातको बेला गएको पहिरो छिचोल्दै ज्यान बचाएका बारेकोटका पहिरोपीडितहरु राहतभन्दा जतिसक्दो चाँडो पुनर्वासको माग गरिरहेका छन्। पहिरोले घर बास उठाएको १५ महिना बितिसक्दा पनि बारेकोटका पहिरो पीडितहरूको पुनर्वासको प्रबन्ध हुन सकेको छैन। साँघुरो पालभित्र ८–९ जना जहान परिवार बस्नुपर्दा उनीहरू निसास्सिएका छन्। बर्खा त जेनतेन धानियो अब चिसो मौसम कसरी बिताउने भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ।  -न्युज कारखाना

प्रकाशित: Oct 15, 2021| 18:40 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।