वाशिङ्टन- अमेरिकी घरजग्गा कारोबारी रोबर्ट डस्र्टलाई साथीको हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि जन्मकैदको फैसला सुनाएको छ। अमेरिकी अर्बपतिसमेत रहेका उनले सन् २००० मा सुसन बर्मनको हत्या गरेको पाइएको हो।
५५ वर्षीया सुसनलाई आफ्नो श्रीमति बेपत्ता भएको विषयमा प्रहरीसँग कुरा गर्न बोलाइएको थियो र उनको बेभेर्ली हिल्समा रहेको घरमा नै टाउकोमा गोली हानी हत्या गरिएको पाइएको थियो। प्रहरीका अनुसार रोबर्टले अन्य दुई जनाको पनि हत्या गरेको बताएको छ।
सुसनका छोराले अदालतमा बयान दिने क्रममा आफू त्यही भएको अवस्थामा हत्या गरेको बताएका छन्। लस एन्जेलेस अदालतले ७८ वर्षीय रोर्बटलाई नारिसिस्ट साइकोपाथ ९एक किसिमको मानसिक बिमारी० भएको ठहर गरेका छन्।
रोबर्टले आफ्नो साथीको हत्या नगरेको बताइरहेका छन्। उनलाई उक्त फैसलाविरुद्ध याचना गर्न पनि प्रतिबन्ध लगाइएको छ। उनका वकिलले पनि याचनाका लागि छुट दिन माग गरेका थिए। तर, अदालतले अस्वीकार गरेको छ।