मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तान जाने-आउने उडान पाकिस्तानी एयरलाइन्सद्वारा रद्द

अफगानिस्तान जाने-आउने उडान पाकिस्तानी एयरलाइन्सद्वारा रद्द

अफगानिस्तानको राजधानी जाने र आउने सबै उडानहरुमा रद्द गरिएका छन्। पाकिस्तानको अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) ले अफगानिस्तनको राजधानी काबुल जाने र आउने सबै उडानहरु रद्द गरेको हो।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

National life
Laxmi sunrise bank
kumari

इस्लामावाद- अफगानिस्तानको राजधानी जाने र आउने सबै उडानहरुमा रद्द गरिएका छन्। पाकिस्तानको अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) ले अफगानिस्तनको राजधानी काबुल जाने र आउने सबै उडानहरु रद्द गरेको हो।

एयरलाइन्सले आफ्ना अधिकारीहरुमाथि तालिबानी अधिकारीहरुले अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ। एयरलाइन्सले उनीहरुको रबैया अनप्रोफेसनल भएको बताएका छन्।

कम्पनीका प्रवक्ताले तालिबानीहरुले एयरलाइन्सका स्टाफहरुलाई धम्की दिएको र उडानको व्यवस्थामा हस्तक्षेप गरेको बताएका छन्।

बिहीबार तालिबानले इस्लामाबाद र काबुलमा हुने उडानको टिकट कम गर्न आग्रह गरिएको थियो। उनीहरुले तालिबानले अफगानिस्तान कब्जा गर्नुअघि जुन टिकट थियो, सोही टिकट लागु गर्नसमेत आग्रह गरिएको थियो।

आफ्नो शर्तहरु नमानेमा उडानहरुमा प्रतिबन्ध लगाउने धम्कीसमेत तालिबानले दिएको छ। तालिबानले अगस्त १५ मा अफगानिस्तान कब्जा गरेपछि काबुल इस्लामावाद टिकट १० गुणा बढेको बताइएको छ।
अफगानिस्तानमा तालिबानको कब्जपछि पाकिस्तानले विशेष उडान सुरु गरेको थियो। अफगानिस्तानबाट बाहिर निस्किन चाहनेहरुका लागि पाकिस्तानी उडान लाइफ लाइन बनेको थियो।

प्रकाशित: Oct 15, 2021| 09:15 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।