बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोल्पामा त्रिपुराकोट गाउँमा छुट्टै दसैं : टीकाको आफ्नै साइत, जमरा लाउने आफ्नै चलन

डोल्पामा त्रिपुराकोट गाउँमा छुट्टै दसैं : टीकाको आफ्नै साइत, जमरा लाउने आफ्नै चलन

देशभर दसैंमा टीका लगाउने एकै साइत भए पनि डोल्पाको त्रिपुराकोटमा भने फरक छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

सुर्खेत- देशभर दसैंमा टीका लगाउने एकै साइत भए पनि डोल्पाको त्रिपुराकोटमा भने फरक छ। त्यहाँको देवताका नियमअनुसार परापूर्वकालदेखि नै त्रिपुराकोटबासीको आफ्नै चलन रहेकको छ। 

त्रिपुराकोटमा बसोबास गदै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दमाई, कुलाल र सार्की लगायतले परापूर्वकालदेखि नै आफ्नै साइतमा दसैँको टीका-जमरा लगाउँदै आएका छन्।

घटस्थापनाको दिन सुरु भएको पूजा प्रायः दसैंको दिन दिउँसो ३ बजेतिर मात्रै सकिने भएकोले त्यसअघि दसैँको टीका लगाए गाउँमा अनिष्ट हुने विश्वास रहेको पुजारी लक्ष्मीरुद्र उपाध्याय बताउँछन्। ‘पूजा सकेर भगवती माईलाई मूल मन्दिरमा भित्र्याएपछि मात्रै गाउँलेले टीका जमरा लगाउनु पर्छ,’ उनले भने, ‘अरु अर्धपीठ हुन्। त्रिपुरासुन्दरी पूर्णपीठ हो। त्यसैले त्रिपुरासुन्दरीको नियमअनुसार काम गर्नुपर्छ।’

दसैँ टीकाको साइत बिहान हुने भए पनि त्रिपुराकोट गाउँमा भने बेलुकादेखि टीका ग्रहण र जमरा लगाउने चलन रहेको पुजारी उपाध्यायले बताए। ‘हाम्रो पूजाआजा बेलुकामात्र सकिन्छ,’ उनले भने, ‘टीका जमरा बेलुकाबाट सुरु भएर मध्यरातसम्म लगाउने चलन छ।’

घरको काम सकेर साँझको समयमा परिवारका सबै सदस्य र आफन्तजनहरू एकै ठाउँमा भेला भएर त्रिपुराकोटवासीले अग्रजको हातबाट टीका थाप्ने र आशीर्वाद लिने गर्छन्।

दुई सयभन्दा धेरै घरपरिवारको बस्ती रहेको त्रिपुराकोटबाहेक डोल्पा जिल्लाका अरु गाउँमा भने पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइतमै दसैँको टीकाजमरा लगाउने चलन रहेको छ। 

 -न्युज कारखाना


प्रकाशित: Oct 14, 2021| 15:00 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।