बिहीबार, भदौ ४, २०८३

मेरा लागि दसैं फुर्सदको समय पनि हो : गगन थापा

सप्तमीको दिनसम्म पार्टीको कार्यक्रम छ। त्यसरी नै वित्छ। अष्टमीबाट परिवारसँग पहिलेजस्तै सामान्य रूपमा मनाउने योजना छ। हामीहरूको खास एउटा गुठी छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं- सप्तमीको दिनसम्म पार्टीको कार्यक्रम छ। त्यसरी नै वित्छ। अष्टमीबाट परिवारसँग पहिलेजस्तै सामान्य रूपमा मनाउने योजना छ। हामीहरूको खास एउटा गुठी छ। थापाहरूको गुठीमा सामूहिक टीका हुन्थ्यो। तर गत वर्षदेखि कोभिड-१९ संक्रमण महामारीले रोकिएको गुठी टीका यसपालि पनि रोकिने भएको छ। त्यसो हुँदा आफ्नै परिवार र आफन्तहरुसँग मात्रै मनाउँछौं।

राजनीतिक दौडधूपले परिवारलाई समय दिन नभ्याइरहेका बेला मेरा लागि त फुसर्दको समय पनि हो। तीन/चार दिन सबै कुरा छोडेर घर बस्ने, मन्दिर जाने,  बच्चाहरू, आमाबासँग पूर्ण समय वित्छ। अस्ति फुर्सद निकालेर केटाकेटीलाई लिएर कपडा किनेर आएँ। यसरी नै बित्छ।

मैले शुभचिन्तकलाई टीका लाइदिने चलन छैन। मैले आमाबुवाबाट लाउँछु। मेरो बुवाआमासँग मेरा साथीहरु धेरै वर्षदेखि टीका लगाउनु हुन्छ परिवारजस्तै मानेर। उनीहरूसँग मेरो भेट हुन्छ। यसपालि घुमघामको योजना पनि छ। एकादशीपछि दुई दिन जतिलाई भए पनि कतै निस्किनुपर्छ भन्ने सोचेको छु। विजयादशमीको भोलिपल्ट घरमा बसेर दुई दिनलाई परिवारै उपत्यका बाहिर जाने योजना छ।      -न्युजकारखाना

प्रकाशित: Oct 14, 2021| 13:00 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।