शुक्रबार, असोज २३, २०८३

आफ्नो स्टारडमको रक्षामा आर्यन सिग्देल

आर्यन सिग्देल, नेपाली फिल्मका लागि चकलेटी हिरो। उनले फिल्म ‘किस्मत’मार्फत यसक्षेत्रमा डेब्यु गरे। डेब्यु फिल्ममा उनलाई लभरब्वाइकै रूपमा प्रस्तुत गरियो।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं- आर्यन सिग्देल, नेपाली फिल्मका लागि चकलेटी हिरो। उनले फिल्म ‘किस्मत’मार्फत यसक्षेत्रमा डेब्यु गरे। डेब्यु फिल्ममा उनलाई लभरब्वाइकै रूपमा प्रस्तुत गरियो। जसमार्फत उनले सफलता पनि हासिल गरे। त्यसपछी उनले अधिकांस फिल्ममा लभरब्वाइकै क्यारेक्टरमा आफूलाई प्रस्तुत गरे। 

डेब्युभन्दा अगाडि धेरै संघर्ष गरेर रजतपटमा इन्ट्री गरेका आर्यनले आफ्नो स्टारडम जोगाउन सकेनन् भन्ने पनि छन्, फिल्मनगरीमा। किनकि उनको सफलता र असफलता श्रेय उनी आफैँलाई जान्छ। यसलाई उनी पनि स्वीकार्छन्।

‘म अरुको कुरा कमै सुन्छु , साथीभाइलाई बढी विश्वास गर्छु’ एक अन्तर्वार्ताको क्रममा आर्यनले भने ‘म भावनामा डुब्छु, यसैले गर्दा पनि हुनसक्छ कहिले उकालो त कहिले ओरालो भयो करियर।’ 

उनले आफ्नो सफलताको श्रेय आफ्नै कडा मेहनतलाई दिँदै असफलताको श्रेय पनि आफ्नै कमजोरीलाई दिए। आर्यनले अघिल्ला केही फिल्ममा भूमिकालाई परिवर्तन गर्न खोजेका थिए, तर सफल भएनन्। 

‘केही फिल्ममा मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्न खोजेँ, जसलाई स्याबासी त मिल्यो, तर दर्शकले रुचाएनन्। त्यसैले उनीहरूकै डिमाण्डअनुसार आफूलाई प्रस्तुत गर्ने सोच बनाएँ’,  आर्यनले बताए। 

उनको अभिनयसँगै लेखन र निर्माणसमेत रहेको फिल्म ‘कायरा’ले ठीकठाक व्यापार गर्‍यो। त्यसो त उनले ‘कायरा’ अगाडिको फिल्म ‘रुद्रप्रिया’ पनि आफूलाई सिम्पल ब्वाइको रूपमा प्रस्तुत गरेका थिए। तर, त्यसको जति चर्चा भयो, आर्यनको क्यारेक्टर त्यति नै कमजोर रहेको उनले प्रतिक्रिया पनि पाए। 

‘फिल्ममा क्यारेक्टरभन्दा पनि समग्र सब्जेक्ट नै राम्रो थियो’,  आर्यन भन्छन्, ‘हामीले लेखेको र सोचेको धेरै कुरा पर्दामा आइपुग्दा फरक भइदिन्छ त्यसैले हाम्रो निर्णय कुनै बेला गलत सावित हुन्छ।’

यिनै आर्यन पछिल्लो समय डिसेम्बर फल्स, म राजेश हमाल लगायतका फिल्ममा व्यस्त छन्। उनी आफुलाई फरक फरक भूमिकामा दर्शकमाझ प्रस्तुत हुँदैछन्। उनी अब संख्या घटाउने र क्वालिटी बढाउने तयारीमा छन्। यद्यपि दर्शक उनलाई चकलेटी अवतारमै हेर्न चाहन्छन्। उनले अभिनय गरेको पछिल्लो फिल्महरूमा ’कायरा’ले गरेको व्यापारलाई हेर्ने हो भने पनि त्यो प्रस्टिन्छ।   -न्युज कारखाना

प्रकाशित: Oct 14, 2021| 12:40 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।