बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हामी ड्युटीमा हुन्छौँ, ढुक्कले दसैं मनाउनुहोस् : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

हामी ड्युटीमा हुन्छौँ, ढुक्कले दसैं मनाउनुहोस् : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ। फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन्। विदा र घरपरिवार भन्ने हुँदैन।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं- चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ। फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन्। विदा र घरपरिवार भन्ने हुँदैन। प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ।

कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ। घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ। फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु। तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ।

यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी। यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ। 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री (आईजीपी) भन्छन् :

मेरो त्यस्तो विशेष योजना केही छैन। पुलिसको अफ ड्युटी हुँदैन। मातहतसँग अल द टाइम जोडिनुपर्छ। त्यसकारण व्यक्तिगत दसैं हुँदैन। विदाको दिन पनि जागिर खाने हो। मेरो घर उपत्यकामै भएकाले एकछिन समय निकालेर आम नागरिकजस्तै टीका लगाउँछु।

बुवाआमा हुनुहुन्छ। उहाँहरुबाटै टिका लगाउँछु। पारिवारिक घुमघाम र अध्ययनका लागि मैले फुर्सद नै पाउँदिन। फोन उठाउन त भ्याउँदिन। देशभरीको सुरक्षाको कुरा हुन्छ। यसमै केन्द्रीत हुने हो। ब्यारेकभित्र आ-आफ्नो युनिटले, आ-आफ्नो शैलीमा शान्ति सुरक्षाको बहाली राख्दै एकप्रकारको परम्परागत अभ्यासमा मनाउने हुन्छ। सेक्युरिटीलाई कम्प्रमाइज गरेर दसैं मान्ने पुलिसको हुँदैन।

सुरक्षामै कन्सर्न हुने, दशैँमा ठूला घटना नघटुन भन्ने नै फस्ट प्राइरियोटी हो। आम पब्लिकले ढुक्कसँग मनाउन पाउने वातावरण बनाउन सकियो भने मेरो लागि, सिंगो संगठनका लागि दसैं त्यहीँ हो। 

-न्युज कारखाना

प्रकाशित: Oct 14, 2021| 12:25 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।