बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन वर्षदेखि दसैं छैन, कांग्रेस नेता विश्वप्रकाश शर्मा

तीन वर्षदेखि दसैं छैन, कांग्रेस नेता विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसपालिको दसैं नमनाउने भएका छन्। ‘आध्यात्मिक हिसाबले यसपालि मेरो दसैं छैन। पोहोर पनि थिएन। परार पनि थिएन।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसपालिको दसैं नमनाउने भएका छन्। ‘आध्यात्मिक हिसाबले यसपालि मेरो दसैं छैन। पोहोर पनि थिएन। परार पनि थिएन। तर दसैंको रमझम लागेको छ। पुराना साथीहरूसँग भेटघाट, अहिले पार्टीको अधिवेशन लागेको हुँदा अधिवेशनसँग सम्बन्धित विभिन्न छलफलहरू, आफूसँगै पढेका साथीहरूसँग पुनर्मिलन हुन्छ। यसपालि विशेषत: घुमघाम, भेटघाट र अधिवेशनसम्बन्धी छलफल हुन्छ।’ शर्माले भने।

गाउँमा पारिवारिक भेटघाट, पुराना आत्मिय र विद्यार्थीकालका साथीहरू भेटघाट र अधिवेशनसम्बन्धी विमर्श गर्ने उनले बताए। ‘आध्यात्मिकतर्फ म परिवारसहित मन्दिर जान्छु। दर्शनभेट हुन्छ। साथै विपन्न परिवारजनलाई पनि भेट्छु। शहीद परिवारजनलाई भेट्छु। आफ्नो जीवन देश र समाजका लागि विभिन्न समयमा र अवस्थामा जीवन गुमाउने शहीद परिवारको भेटघाटलाई अधिवेशनको प्राथमिकता दिएको छु।’

उनले भने, ‘दसैँ आध्यात्मिकका साथै आत्मीय बढाउने पर्व हो। त्यसकारण कसैलाई जुठो परेर आध्यात्मिक कर्म रोकियो भने पनि आत्मीयता बढाउने कर्म कुनै जुठोले रोकिँदैन।’

प्रकाशित: Oct 14, 2021| 10:19 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।