धनगढी- कैलालीमा मोटरसाइकल दुर्घनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ का २५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु हो। धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा उपचारको क्रममा चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
वडा नम्बर २ आमबगीयामा से २ प ५९५२ नम्बरको मोटरसाइक दुर्घटनामा चौधरीको मृत्यु भएको हो। घाइतेको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।