बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देहिमाडौं जात्रामा साढे तीन सय रांगा र १५ सय बोकाको बलि

देहिमाडौं जात्रामा साढे तीन सय रांगा र १५ सय बोकाको बलि

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ। महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीमा रांगा बोकाको बलिसहित सम्पन्न हुने गर्दछ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

बैतडी- बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ। महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीमा रांगा बोकाको बलिसहित सम्पन्न हुने गर्दछ।

जात्रामा करिब साढे ३ सय रांगाको बलि दिइएको छ। २४६ रांगा समितिमा दर्ता गरिएको र सय बढी रांगा थप आएको हुनसक्ने जात्रा व्यवस्थापन समितिले जनाएको छ। 

यसैगरि घटस्थापनादेखि अष्टमीसम्म १ हजार ५ सय बढी बोकाको बलि दिइएको छ। गत बर्ष कोरोनाको प्रकोपका कारण सम्पन्न हुन नसकेको जात्रा यसपालि भने कोरोना महामारीको प्रकोप कम भएकाले धुमधामसँग लागेको छ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथचन्द नगरपालिका-२ को कार्यालय देहीमाडौंले जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ।

जात्रालाई मर्यादित र व्यवस्थित बनाउनका लागि घटस्थापनादेखि नै देहीमाडौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताए। वडा कार्यालयको निर्णयको कसैले उल्लंघन गरेमा कानुनअनुसार कारवाही हुने बताइएको छ।

यस्तै स्थानीय प्रशासनले पनि जात्रा तथा मेला मनाउँदा शान्ति सुरक्षामा खलल पुर्‍याउने काम कसैले गरेमा कारवाही हुने बताएको छ। -न्युज कारखाना

प्रकाशित: Oct 14, 2021| 09:35 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।