बिहीबार, वैशाख २४, २०८३

केन्याका राष्ट्रपति अमेरिका भ्रमणमा जाँदै

उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्ने कार्यक्रम रहेको जानकरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले दिए।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

National life

केन्या-  केन्याका राष्ट्रपति युहुरु केन्याता अमेरिका भ्रमणमा जाने भएका छन्। उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्ने कार्यक्रम रहेको जानकरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले दिए। 

यस भ्रमणका क्रममा केन्याका राष्ट्रपति केन्याता र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच बीचमा द्धिपक्षीय हितका साथै आर्थिक तथा विभिन्न विषयमा कुराकानी हुने बताए। यसका साथै प्रजातन्त्र र शान्ति स्थापनाका साथै मानवअधिकारको रक्षा र अन्य द्धिपक्षीय हितका विषयमा उनीहरुले कुराकानी गर्ने बताइएको छ। 

त्यसैगरी उनीहरुका बीचमा जलवायु परिवर्तनबाट बच्ने उपायहरु अवलम्बन गर्ने विषयमा कुराकानी भएको पनि बताइएको छ। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको अफ्रिकी नेतासँग भेटवार्ता हुन लागेको यो पहिलो पटक भएको प्रेस सेक्रेटरी पास्कीले जानकारी दिए। 

प्रकाशित: Oct 13, 2021| 19:55 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।